धरानः नेपाली तारा सिजन २ का फस्ट रनरअप तारा लक्सम लिम्बूको संगीतमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘तिमी बिना’ को म्युजिक भिडियो जे आर म्युजिक नामक युट्युब च्यानलमा सार्वजनिक भएको हो । रबिन टोटोको शब्द रहेको गीतमा टेकेन्द्र यक्शु लिम्बूको संगीत संयोजन रहेको छ । नेपालमै गरिएको म्युजिक भिडियोमा विश्वजित रिमाल र अस्मिता ढकालको अभिनय रहेको छ । जीवन स्वारले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । ज्योति लोहार टोटो भिडियोका निर्माता हुन् । करिब ३ वर्षदेखि युकेको स्यान्ड्रस्ट नामक शहरमा गायक तथा सङ्गीतकार लिम्बूसहित पत्नी सजिता हाङ्गखिम बसिरहेका छन् । नेपालको पूर्वीय सुन्दर आवाजहरु मध्येका लोकप्रिय गायक लिम्बू नेपाली तारा २ का फस्ट रनरअप समेत भएका थिए ।

FB_IMG_1620912193421

लिम्बूले हाल विदेशबाटै नेपाली गीत सङ्गीतलाई निरन्तरता दिइरएका छन् । जीवनसाथी पनि म्युजिक क्षेत्रबाटै भएकोले गीत संगीतमा विदेशमै बसेर स्टुडियोसमेत सञ्चालनमा ल्याएको जानकारी गायक लिम्बूले दिएका छन् । नेपालमा रहेका अन्य सङ्गीतकर्मीहरुसँग सहकार्य गरिरहेको र चाँडै नया कामहरु लिएर आउने समेत उनले बताए । आफू बसेको ठाउँमा नियम कानुन राम्रो भएकोले कोरोना नियन्त्रण गर्न सफल भएको बताउँदै कोरोनाको दोस्रो लहरले नेपालमा भइरहेको महामारीमा सम्पूर्ण नेपालीहरुलाई आफ्नो ख्याल राख्नसमेत लिम्बूले आग्रह गरेका छन् ।

FB_IMG_16209126878505430 FB_IMG_1620912147891