इटहरीः गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई गीतमा समावेस गरिएको छ । प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा श्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुतकर्ता मनोज कार्कीले बताए । गोविन्द कुइँकेलको शब्द तथा डिवि लामाको संगीत गीतमा छ । संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन भिडियोमा रहेको छ । प्रेम र रोदनको भावमा उषा उप्रेति र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।