सुनसरीका कोरोना संक्रमित पत्रकार भन्छन्, ‘घरमै डाक्टर आउँदा आत्मबल बढ्यो’

प्रेस युनियद्वारा मोबाइल डाक्टर सेवा

  • जेठ ३, २०७८
  • ४५२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधि तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् ।

इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधि र परामर्श दिँदा आफूलाई कोरोनाविरुद्ध लड्न आत्मबल पुगेको बताए । नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ । सोही सन्र्दभमा संक्रमित पत्रकार भट्टराईलले भने, ‘हौसला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिने रहेछ । घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भने उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’ प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकियर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधि विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो ।

IMG-20210517-WA0031

तीमध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एक लाखका दरले रकमसमेत हस्तान्तरण गरिसकिएको छ । यसपटक दोस्रो चरणको भेरियन्ट आइकन पनि झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको उनले बताए । ‘हामीले संक्रमित पत्रकारहरुलाई हौसला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधि दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’ डा. डा. अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसहरुलाई हौसला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताए ।

IMG-20210517-WA0032

 

उनले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचिरहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरु मात्र आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधि तथा परामर्श दिएको बताए । सोमबार युनियनले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषाध्यक्ष अजित झा, इटहरीका सञ्चारकर्मी बाबुराम खड्कालगायत आधा दर्जनभन्दा बढी सञ्चारकर्मीको घरमै गएर सेवा प्रवाह गरेको थियो । ‘संक्रमित सञ्चारकर्मीको घरमै गएर यो किसिमको काम गर्नु ठूलो जिम्मेवारी हो,’ पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले भने, ‘यो सराहनीय काम हो यस्ता किसिमका काममा सबैले हातेमालो र आत्मबल बढाउने काम गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस

सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

इटहरीः मोरङको सुन्दरहरैँचामा कवाडी सङ्कलनको काम गर्दै आएका एक भारतीय नागरिकको शव फेला परेको छ । ४५ ...

मन्दिर निर्माणका क्रममा करेन्ट लागेर मजदुरको ज्यान गयो

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थित भट्टा चोकमा मन्दिर निर्माणको क्रममा करेन्ट लागेर ...

इटहरीमा ७४ सहितप्रदेश १ मा ४२७ संक्रमित थपिए, ७१३ संक्रमणमुक्त

इटहरीः प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved