लायन्स क्लब सिंहदेवीद्वारा खानेपानी र मास्क वितरण

  • जेठ ३, २०७८
  • १५१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः लायन्स क्लब अफ धरान सिंहदेवीले खानेपानी र मास्क वितरण गरेको छ ।

पूर्ण निषेधाज्ञालाई सफल बनाउन घामपानी नभनी खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई क्लबले खानेपानी र मास्क वितरण गरेको हो । क्लबले उनीहरुलाई ५० कार्टुन खानेपानी र ३५० थान मास्क प्रदान गरेको छ । कोरोना भाइसर (कोभिड १९) को कारण विश्व नै महामारीले आक्रान्त हुँदा नेपाल पनि अतिप्रभावित राष्ट्रको रुपमा परेको र देशभर बन्दाबन्दी तथा निषेधाज्ञा जारी भइरहेको अवस्थामा त्यसलाई पूर्ण सफल बनाउन टन्टलापुर घाम तथा वर्षातको समयमा पनि अहोरात्र खटिएका प्रहरीहरुले पिउने पानीसमेत समयमा पाउन नसकेको अवस्थालाई मध्यनजर गरी खानेपानी वितरण गरिएको र उनीहरुलाई संक्रमणबाट सुरक्षित राख्न आवश्यक पर्ने मास्क समेत वितरण गरिएको क्लबका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए ।

184266510_109024127940542_2007836405581557678_n

 

इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, सुरक्षा बेस धरानका डिएसपी दिनेशबहादुर कटवाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर भुवनवावु खड्काले वर्तमान अवस्थामा प्रहरीलाई पर्न गएको आवश्यकतालाई हृदयङ्गम गरी खानेपानी र मास्क उपलब्ध गराउने क्लबको कार्यलाई उच्च प्रशंसा गर्दै धन्यवाद प्रकट गरेका छन् । कार्यक्रममा क्लबका दृत्तीय उपाध्यक्ष जयप्रकाश शर्मा, सचिव पञ्चकला राई, कोषाध्यक्ष मनोज अग्रवाल, सहसचिव रमिता श्रेष्ठ, सदस्यहरु गीता पौडेल, रिमला राई लगायतको उपस्थिति रहेको थियो । खानेपानी तथा मास्कको व्यवस्थापन गर्न सहयोग गर्नुहुने क्लबका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष तामाङले धन्यवाद दिंदै भविष्यमा समेत क्लबबाट हुने सामाजिक एवम् मानवीय सेवाका लागि निरन्तर सहयोग गर्न आग्रह गरे ।

184316341_2893048077486680_1183714590090311018_n

प्रतिक्रिया दिनुहोस

मन्त्रिपरिषद्ले तोकेभन्दा फरक आयो अन्तर्राष्ट्रिय उडान तालिका, ‘श्रम गन्तव्य मुलुकमै कम उडान’

काठमाडौँः गत सोमबारको मन्त्रिपरिषद् बैंठकले श्रम गन्तव्य मुलुकहरूलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उ ...

सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

इटहरीः मोरङको सुन्दरहरैँचामा कवाडी सङ्कलनको काम गर्दै आएका एक भारतीय नागरिकको शव फेला परेको छ । ४५ ...

मन्दिर निर्माणका क्रममा करेन्ट लागेर मजदुरको ज्यान गयो

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थित भट्टा चोकमा मन्दिर निर्माणको क्रममा करेन्ट लागेर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved