इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले बालिकामाथि जबर्जस्ति करणी गरेको आरोपमा एक नाबालिगलाई गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेमा इटहरी घर भएका बालक रहेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । उनका अनुसार परेका बाल बिज्याईँकर्तामाथि वैशाख १ गते रातको समयमा इटहरीकै एक बालिकामाथि जबर्जस्ति करणी गरेको आरोप छ । पक्राउ परेका बाल बिज्यार्इँकर्तालाई जिल्ला अदालत सुनसरीबाट जबर्जस्ति करणी मुद्दामा म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।