इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीकै इनरुवा न.पा वडा न–७ चाँदबेला बस्ने २४ वर्षीय सन्तोष चौधरी र जिल्लाकै गढी गा.पा. वडा न–१ बस्ने १९ वर्षीय सुरज चौधरी रहेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए । उनका अनुसार अभियुक्तहरुले वैशाख २८ गते राति इटहरी २, वसन्तपुर चौकस्थित रुपक पराजुलीको घरबाट उनकै नाममा दर्ता रहेको मे ८ प १५९८ नम्बरको एक सय ५० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए । अभियुक्तहरुलाई वैशाख ३० गते प्रहरी चौकी चाँदबेलाको सहयोगमा पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।