इटहरीः साहित्य सरोवर मिडिया प्रालिको प्रस्तुतिमा राष्ट्रप्रेमले भरिपूर्ण मौलिक गीत “नेपाली माटो” सार्वजनिक भएको छ ।
प्रवासी भूमिमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ । प्रवासमा रहेर पनी नेपाली साहित्यका साथै समाजसेवामा सक्रिय रहेका मोहनकृष्ण होमागाईँको शब्द तथा डी आर अटुको संगीत गीतमा रहेको छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकास लिम्बूको स्वर रहेको छ ।
गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । मातृभूमिप्रतिको अथाह प्रेम र मानवीय जीवनका भोगाइलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विष्णुविक्रम निरौलाले सम्पादन गरेका हुन् ।

















