इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ७ बाट प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ घर भएका ३१ वर्षीय बाबुलाल सदा रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । उनका अनुसार अभियुक्त बाबुलालमाथि आफ्नै छिमेकी २२ वर्षीय मनुवा सदालाई टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ । बाबुलालले हिजो साँझ ७ः३० बजे मनुवालाई खुकुरी प्रहार गरी फरार भएको प्रनि कट्वालले बताए ।
उनका अनुसार पक्राउ परेका अभियुक्त बाबुलालउपर जिल्ला अदालत सुनसरीको आदेशमा ज्यान मार्ने उद्योग मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको छ । खुकुरी प्रहारबाट घाइते भएका मनुवाको भने मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

















