इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको ७ नम्बर वडा क्षेत्र सील गरिएको छ ।

वडा क्षेत्रमा कोरोना भाइरसको संक्रमण धेरै फैलिरहेको र मृत्युदरसमेत उच्च रहेकाले वडाको सम्पूर्ण क्षेत्र सील गर्ने निर्णय गरिएको वडाध्यक्ष नरबहादुर राईले बताए । उनका अनुसार वडा समितिको बैठकले जेठ ७ गतेदेखि १३ गतेसम्म एक साताका लागि वडा सील गर्ने निर्णय गरेको हो ।

wada 7 seal.