मुम्बईः अमेरिकी सिटकम फ्रेन्ड्सको विशेष रियुनियन (फ्रेन्ड्सः द रियुनियन) अमेरिकामा प्रिमियर भएकै दिन भारतमा पनि प्रिमियर हुने भएको छ । भारतको आफ्नै स्ट्रिमिङ प्लेटफर्मले यसबारे घोषणा गरेका छन् ।

फ्रेन्ड्सः द रियुनियन अमेरिकामा एचबीयो म्याक्समा मे २७ (बिहीबार) १२ः३२ मा प्रिमियर हुँदै छ । भारतका दर्शकले पनि सोही दिन सोही समय जी५ मा हेर्न पाउने भएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जी५ का प्रमुख व्यवसाय अधिकारी मनीष कालराले यसबारे जानकारी दिएका हुन् । “फ्रेन्ड्स ः द रियुनियन भारतको जी५ मा एक्सक्लुसिभ रिलिज हुन्छ भन्ने घोषणा गरेदेखि दर्शकको एदकमै राम्रो प्रतिक्रिया आइरहेका छन् । विश्वमा प्रसारण हुने दिन मे २७ मा १२ः३२ मा भारतमा पनि रिलिज हुने कुरा घोषणा गर्न पाउँदा हामी निकै गौरवान्वित महसुस गरिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ, “हामी दर्शकबाट उच्च मागको आशा गर्दछौँ र फ्रेन्ड्सः द रियुनियन स्ट्रिमिङ हुनु कम्तीमा १२ घण्टाअगाडि नै अनलिमिटेड भ्युग अफर लिन आग्रह पनि गर्दछौँ ।”

शुभारम्भको एकवर्षे उत्सवमा एचबीओ म्याक्सले अमेरिकामा मे २७ का दिन यो प्रसारण गर्न लागेको हो । जेनिफर एनिस्टोन, कर्टेनी कोक्स, लिसा कुड्रो, म्याट लेब्लान्क, म्याथिउ पेरि र डेभिड स्वाइमर यस आइकोनिक कमेडि ओरिजिनल रिर्टनमा फर्किएका छन् ।फ्रेन्ड्सः द रियुनियनले थुप्रै स्पेशल गेष्टहरु पनि ल्याउँदै छन् ।

वार्नडर ब्रदर्स स्टुडियोको यस अमेरिकी सिरिजको निर्देशन बेन विस्न्टोनले गरेका हुन् । -बलिउड हंगामाबाट