इटहरीः नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द भिम बीसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवि ओड , प्रियङ्गका सिबाकोटी र दिनेश बिष्टको अभिनय रहेको छ । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरुसँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ । पवन सुस्लिङ्गको छायाँकन तथा सम्पादन र दिनेश बिष्टले भिडियोको निर्देशन गरेका छन् ।