इटहरीः मोरङको जहदा गाउँपालिका १ स्थित बुधनगरमा रहेको खाली जग्गामा लुकाइछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढी मूल्यको सिल प्याक मदिरा प्रहरीले बरामद गरेको छ ।

आज बिहान १ः३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाइकलमा लोड गरेको र बाँकी बेवारिसे अवस्थामा दिलवाले मदिरा तीन सय नौ कार्टुन, उङ्मग मदिरा दुई सय ७७ कार्टुन र विभिन्न ब्राण्डका खुल्ला मदिरा एक हजार नौ सय बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

madira4 madira2 madira3