मकैको मूल्य घटेपछि किसान चिन्तित

  • जेठ २४, २०७८
  • १२५ पटक पढिएको
  • रासस
alt

झापाः मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् ।

व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् । वैशाखमा निषेधाज्ञा लाग्नु अघिसम्म मकै प्रतिक्विन्टल दुई हजार चार सयमा बिक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले किसानलाई प्रतिक्विन्टल एक हजार नौ सयभन्दा बढी मूल्य दिएका छैनन् । दुई वर्षअघि नै प्रतिक्विन्टल तीन हजारमा किसानले मकै बेचेका थिए । झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास गरिएको कारण मकैको उत्पादन बढेको छ । जिल्लामा ४० हजार हेक्टर जमीनमा लगाइएको मकै खेतीबाट करिब दुई लाख ४० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कचनकवल गाउँपालिका–४ का किसान रघुनन्द गणेशले अढाई बिघा जमीनमा मकै खेती गरेका थिए ।

प्रतिबिघा ५० क्विन्टलका दरले उत्पादन भएको जनाउँदै उनले व्यापारीकै मूल्यमा प्रतिक्विन्टल एक हजार नौ सयका दरले बेच्नुपरेको बताए । ‘लकडाउन नभएको भए भारतीय व्यापारी पनि आउँथे, आफ्नो दाममा बेच्न पाउँथ्र्याैँ,’ उनले भने, ‘तर यतिबेला स्थानीय व्यापारीलाई उनीहरूकै दाममा दिनुपर्दा मकैमा फाइदा भएन ।’ केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जिल्लामा रहेका दाना उद्योगहरूले भारतको कोलकाताबाट मकै खरिद गरी ल्याउने र कुनै पनि पालिकामा मकैको लेबलिङ, प्याकेजिङ गरेर ग्रेडिङ छुट्याउने उद्योग नहुँदा किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्नुपरेको बताए । ‘जिल्लामा धानपछि सबैभन्दा बढी उत्पादन मकैको हुन्छ,’ उनले भने, ‘उत्पादन राम्रो हुन्छ तर बजारीकरणमा समस्या हुँदा उनीहरू निरुत्साहित हुन थालेका छन् ।’ उनले धानमा जस्तै सरकारले मकैको पनि समर्थन मूल्य तोकिदिएको भए किसानलाई राहत हुने उनले बताए । उनले जिल्लाका मकै किसानहरू एकीकृत हुन नसक्दा पनि व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गरेको बताए । जिल्लामा मकै जोन र पकेट क्षेत्रहरू घोषणा गरेर खेती गर्न सरकारले किसानलाई प्रेरित गरेर पनि बजारीकरणमा सहयोग नगर्दा समस्या भएको मकै किसानहरूको गुनासो छ । -रासस

प्रतिक्रिया दिनुहोस

मन्त्रिपरिषद्ले तोकेभन्दा फरक आयो अन्तर्राष्ट्रिय उडान तालिका, ‘श्रम गन्तव्य मुलुकमै कम उडान’

काठमाडौँः गत सोमबारको मन्त्रिपरिषद् बैंठकले श्रम गन्तव्य मुलुकहरूलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उ ...

सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

इटहरीः मोरङको सुन्दरहरैँचामा कवाडी सङ्कलनको काम गर्दै आएका एक भारतीय नागरिकको शव फेला परेको छ । ४५ ...

मन्दिर निर्माणका क्रममा करेन्ट लागेर मजदुरको ज्यान गयो

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थित भट्टा चोकमा मन्दिर निर्माणको क्रममा करेन्ट लागेर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved