धरानः जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित सर्ट मुभी ‘तिरस्कार’ सार्वजनिक भएको छ ।

सुविन विश्वकर्माको कथा र निर्देशन रहेको उक्त चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौति तथा समाधानको बारेमा देखाउन खोजिएको छ । कथामार्फत् केही मात्रामा भएपनि अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस् र भेदभावको अन्त्य होस् भन्ने उद्देश्य लिएको विश्वकर्मा बताउँछन् । चलचित्र सुविन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ । चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् ।

FB_IMG_16231069008696152

 

चलचित्रमा कला तथा संगीत क्षेत्रमा रुचि राख्ने त्यहाँका स्थानीय युवाको उल्लेखनीय भुमिका रहेको छ । सदाबहार मिडिया प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा गणेश राउत, मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, विक्रम कर्ण, सुरक्षा कार्की, ललिता प्रधान, सुरेश कार्की ढोली लगायतका कलाकारको मूख्य भूमिका देख्न सकिन्छ ।

यसलाई राकेश राईले खिचेका हुन् भने न्यु संगीता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको छ ।

FB_IMG_16231068825892417