इटहरीः प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मोरङको सुन्दरहैँचा नगरपालिकामा ६० जनाले रोजगारी पाएका छन् ।
यो कार्यक्रमका लागि भन्दै नगरमा झण्डै साढे दुई सय जनाले फारमा भरेका थिए । त्यसमध्ये अहिले ६० जनाले रोजगारी पाएको नगरको ४ नम्बर वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अहिले यो कार्यक्रम नगरको ४, ५, ६ र १२ नम्बर वडामा सञ्चालनमा रहेको छ । कोरोना महामारीको समया दैनिक ज्याला मजदुरी गरेर खाने आफूहरुलाई समस्या परेको तर यो कार्यक्रममार्फत् आफ्नै ठाउँमा रोजगार पाएको भन्दै वडा नम्बर ४ कि स्थानीय तथा कार्यक्रमबाट लाभान्वित रक्षा विश्वकर्माले बताइन् । कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले गत वर्ष नै फारम खुलाएको थियो । सोही फारम भरेकामध्ये केहीलाई छनोट गरेर कार्यक्रममा समावेस गरिएको हो ।