इटहरीः मोरङको केराबारीबाट मङ्गलबार साँझ एक जना हतियार र गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा पदमकुमारलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार अभियुक्त लिम्बूलाई को १ च ८३६८ नम्बरको कारमा कटुवा पेस्तोल र सोको पाँच राउन्ड गोली राखेर केराबारी गाउँपालिका ९ कुसुमेस्थित आफन्तको घरअगाडि रोकी राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

banduk.

अभियुक्तले गाडि रोकी राखेको घरका मालिक गणेशबहादुर लिम्बूलाई पनि प्रहरीले सोधपुछ गरी हतियार ल्याउनुको प्रयोजन पत्ता लगाउने उद्देश्यले अनुसन्धान अगाडि बढाएको डीएसपी राईको भनाइ छ । अभियुक्त लिम्बूउपर हातहतियार तथा खरखजाना ऐनअन्तर्गतका कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

banduk gadi.