इटहरीः झापाको बिर्तामोड नगरपालिका १० स्थित ठुटेवर चोकमा करेन्ट लागेर एक नाबालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने कुमार गुरुङको ३ वर्षीय छोरा अविनाश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ७ः३० बजे आफ्नै बन्दै गरेको घरपछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अविनाशलाई करेन्ट लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको प्रहरीको भनाइ छ ।