इटहरीः अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला लामो समयदेखि चल्दै आएको छ ।

तर यी दुवै कलाकारहरु भने आफूहरुको प्रेम सम्बन्धबारे बजारमा चलेको हल्लाउपर मौनता साधेका छन् । दुईमध्ये कसैले पनि न त आफ्नो प्रेम सम्बन्धको चक्करबारे स्वीकार गरेका छन् न अस्वीकार नै गर्न सकेका छन् । कट्रिना र विक्की दुवैलाई उनका समर्थकहरुले विभिन्न समयमा एउटै समारोहस्थलहरुमा भने सँगै सहभागी भएको देख्दै आएका छन् । यी दुवै कलाकारहरुले आफ्नो सम्बन्धलाई गुपचुप राख्ने कोसिस गरिरहेपनि अभिनेता हर्षवद्र्धन कपुरले भने उनीहरुको गोप्य प्रेम सम्बन्धको भण्डाफोर गरिदिएका छन् । हालै एक सेलिब्रिटि च्याट सोमा हर्षवद्र्धनलाई बलिवुड जगतको कुन प्रेम सम्बन्ध साँचो होला भन्ने प्रश्न गरिएको थियो । जवाफमा उनले विक्की र कट्रिना एक आपसमा नजिकिएको र उनीहरुको सम्बन्धमा सत्यता रहेको बताएका थिए ।

साथै उनले यो खुलासा गरेबापत आफू समस्यामा त पर्ने होइन भन्ने प्रतिप्रश्नसमेत गरेका थिए । हालै विक्कीको जन्मदिनको अवसरमा कट्रिनाले इन्स्टाग्राममा चलचित्र ‘उरी’ को अभिनयका क्रममा खिचिएको विक्कीको तस्बीर पोस्ट गर्दै लेखेकी थिइन्, ‘ह्याप्पी बर्थडे विक्की कौशल मे यु अलवेज बी स्माइलिङ ।’ गत अप्रिलमा कट्रिना र विक्की दुवै एकै समयमा कोरोना संक्रमित देखिएका थिए । पछि दुवै जना निको भएको सुनियो । यी दुवै कलाकारको कार्यक्षेत्रको कुरा गर्दा कट्रिना कोरोना महामारीका कारणले जारी लकडाउन अन्त्य हुनासाथ चलचित्र ‘टाइगर ३’ को सुटिङमा व्यस्त हुनेछिन् भने सोही समयमा विक्की चाहीँ चलचित्र ‘अस्वत्थामा’ को सुटिङमा देखिनेछन् । -बलिवुड हङ्गामाबाट