इटहरीः झापाका उद्योगपति दीपेन्द्र पोख्रेलको कोरोना संक्रमणका कारण गएराति निधन भएको छ ।

५३ वर्षीय उद्योगी पोख्रेललाई ३६ दिनअघि कोरोना संक्रमण भई उपचारार्थ काठमाडौँस्थित नर्भिक अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको गएराति निधन भएको भाइ प्रवीण पोख्रेलले जानकारी दिए । उद्योगपति पोख्रेल उद्योग व्यवसायका साथै राजनीति र सामाजिक कार्यमा समेत संलग्न रहेका थिए । नेपाल प्लाइउड भेनियर सङ्घका प्रदेश १ का अध्यक्ष रहेका पोख्रेल निर्माण व्यवसायाी संघ झापाका पूर्वअध्यक्षसमेत थिए ।