इटहरीः नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को पूर्वी जिल्ला समितिले पूर्वाञ्चल विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसको महामारीको बहानामा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्न आनाकानी गरिरहेको ठहर गर्दै अखिल क्रान्तिकारीले २०७८ वैशाख १४ गतेयता स्थगित भएका सबै परीक्षाहरु वैकल्पिक माध्यमबाट सम्पन्न गर्न माग गरेको छ । यसैगरी, गतवर्ष वैकल्पिक माध्यम प्रयोग गरी सञ्चालित परीक्षाको परीक्षाफल हालसम्म प्रकाशन नगरिएको भन्दै अखिल क्रान्तिकारीले परीक्षाफल अविलम्ब प्रकाशन गर्नसमेत विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालयका उपकुलपति र अन्य पदाधिकारीको राहबरमा विश्वविद्यालयको गोठगाउँस्थित केन्द्रीय कार्यालयमा भएको सहमतिसमेत कार्यान्वयन गर्न अनुरोध गरिएको अखिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालय पूर्वी जिल्ला समिति अध्यक्ष अमर मण्डलले जानकारी दिए ।

gyapan