इटहरीः पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी सत्यवति गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाइप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चँुडिन गई मगरको घाँटीमा पाइपले लागी घटनास्थलमा नै उनको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी गई क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका ७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।