कुनै समय अनुष्काको लागि काम गर्थिन् परिणिती

  • जेठ २८, २०७८
  • १२७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

मुम्बई: अभिनेत्री परिणिती चोपडाका लगातार तीन चलचित्रहरु रिलिज भएका छन् । द गर्ल अन द ट्रेन, साइना र सन्दीप ओर पिंकी फरार यी तीनओटै चलचित्र लकडाउनका कारण अनलाइन रिलिज भएका छन् ।

यी चलचित्रहरुले राम्रो कमाई गर्न असफल रहे पनि परिणितीको अभिनयको भने जम्मेरै तारिफ भैरहेको छ । हाल टर्किमा बिदा मनाउन गएकी अभिनेत्री परिणितीले दर्शकसँग जोडिन इन्स्टाग्रामको सहायता लिएकी छिन् । जसमा उनले दर्शकको प्रश्नको जवाफ दिइरहेकी छिन् । सोही क्रममा एक प्रशंसकले उनलाई परिणितीको लेडी क्रश अनुष्का शर्माको बारेमा केही भनिदिन आग्रह गरेका थिए । जसको जवाफमा अनुष्काले आफ्नो एउटा सिक्रेट खोलेकी छिन् । 

परिणितीका अनुसार, उनको र अनुष्का शर्माबीच खास सम्बन्ध छ । खासगरि जुन प्रोडक्सन हाउसले अनुष्का शर्मालाई अभिनेत्रीको रुपमा यस उद्योगमा ल्याएका थिए, परिणिती सोही कम्पनीमा मार्केटिंग टिमसँग आबद्ध भएर काम गर्थिन् । परिणिती लेख्छिन्, “अनुष्काको चलचित्र ‘ब्यान्ड बाजा बारात’मा उनको अन्तर्वार्ता म्यानेज गर्नेदेखि तीन महिनामै ‘लेडिज भर्सन रिकी बेल’ मा उनको को–स्टार बनेँ । त्यो बेलादेखि नै सधैं उनलाई फलो गर्थेँ ।” अभिनेत्री परिणिती चाँडै पहिलोपटक अभिनेता रणबीर कपुरसँग देखिन लागेको चलचित्र ‘ऐनिमल’ को छायांकन सुरु गर्दैछिन् । -नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस

इटहरीमा ७४ सहितप्रदेश १ मा ४२७ संक्रमित थपिए, ७१३ संक्रमणमुक्त

इटहरीः प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुर ...

सुनसरीमा निषेधाज्ञा खुकुलोः व्यवसायीलाई राहत, सुरक्षाकर्मीलाई चुनौति

इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यालयमा असार ६ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक ...

‘जति धेरै गसिप, उति नै टीआरपी’

मुम्बईः बलिउडका चर्चित गायक कुमार सानुले विवादित बनेको ‘इन्डियन आइडल १२’ बारे मुख खोलेका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved