कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

  • जेठ २८, २०७८
  • १३८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपिडी सेवा पूर्ण रुपमा पुनः सञ्चालनमा ल्याउने भएको छ ।

कोभिड १९ को दोश्रो लहरको संक्रमण तिव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ । कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने नन्कोभिड बिरामीहरुको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको संख्या घट्नु र नन्कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)को निर्णयानुसार नर्भिकले ओपीडी सेवा पुनः सुचारु गर्ने भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आइतबारदेखि नर्भिकमा कोभिडको दोश्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुनेछन् । नर्भिकको यो निर्णयबाट कोभिड संक्रमणका कारण समयमै उपचार नपाएका नन्कोभिड बिरामीहरुले राहात पाउने सिंहको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

इटहरीमा ७४ सहितप्रदेश १ मा ४२७ संक्रमित थपिए, ७१३ संक्रमणमुक्त

इटहरीः प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुर ...

सुनसरीमा निषेधाज्ञा खुकुलोः व्यवसायीलाई राहत, सुरक्षाकर्मीलाई चुनौति

इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यालयमा असार ६ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक ...

‘जति धेरै गसिप, उति नै टीआरपी’

मुम्बईः बलिउडका चर्चित गायक कुमार सानुले विवादित बनेको ‘इन्डियन आइडल १२’ बारे मुख खोलेका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved