बेलबारीः पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको नाममा स्थापित भरतमोहन फाउन्डेसनले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोभिड १९ बाट संक्रमित स्थानीयको स्वास्थ्योपचारको लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाई उपलब्ध गराएको हो । फाउन्डेसनले पीपीई सेट, अक्सिमिटर, बुट, मास्क, सेनिटाइजर लगायतका सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । सामग्री बुझ्दै नगर प्रमुख सुवेदीले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन् । फाउन्डेसनले यसअघि नै पथरीशनिश्चरे नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, केराबारी गाउँपालिका, मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका, हसनदह कोभिड अस्पताल लगायतलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरणमा फाउन्डेसनका सचिव महेश आचार्य सदस्य सुवास आचार्य र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका सदस्य महेन्द्र आचार्यको सहभागिता रहेको थियो । फाउन्डेसनले उर्लाबारी लेटाङ लगायतका पालिकालाई आजै सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।