इटहरीः राष्ट्रिय जागृति (राजा) क्लबको स्थापना २०२३ सालमा भएको हो । यो इटहरीको पुरानो क्लबमा पर्छ । सांस्कृतिक कार्यक्रम गरेर शुरूवात भएको यो क्लबले पछिल्ला दिनमा खेलकुद क्षेत्रमा पनि काम गरिरहेको छ ।
हरेक वर्ष नेपाली गीतसङ्गीका एक मूर्धन्य व्यक्तिलाई सार्वजनिक क्लबले अभिनन्दन गर्ने गर्छ । यसपटक जनगायक जीवन शर्मालार्इ क्लबले सम्मान गरेको छ । आज इटहरीमा भएको अभिनन्दन कार्यक्रमका झलकहरूलार्इ प्रदेश पोर्टलकर्मी गुरू ढकालले कैद गरेका हुन् ।