इटहरीः प्रदेश १ सरकारले युवा खेलकुद श्रम तथा रोजगार क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

एक पालिका एक खेल मैदान निर्माणको नीतिलाई यो बजेटमा पनि निरन्तरता दिएको प्रदेश सरकारले युवा उद्यमशीलता कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । जसबाट स्वदेशमै उत्पादनमुलक काम गर्न चाहने युवाले सहुलियत कर्जा र ब्याज अनुदान सुविधा पाउनेछन् । प्रदेशमा खेलकुदको विकासका लागि प्रदेश खेलकुद बोर्ड गठन तथा सबै विधाका खेल विधाको विकासका लागि मुख्यमन्त्री कप प्रतियोगिता आयोजना हुनेछन् । सबै माध्यमिक विद्यालयमा स्काउट कार्यक्रम सञ्चालनका साथै साहसिक खेलको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी परिचालनलाई बजेटले प्राथमिकता दिएको छ ।