झापाः आज बिहान झापाको व्यस्त बजार सुरुङ्गामा कोही हलो जोत्दै थिए तर, हलो तान्ने गोरु भने थिएनन् । मान्छेहरू नै थिए । कोही घुम ओढ्दै थिए । नृत्य भएको सानो कुनाको अगाडि लहरै राखिएका थिए च्याबु्रङ, कलश, तोङ्बा, दियो, ढाल तरबार आदि ।

Screenshot_2018-11-06-10-42-33-1 copy

यो दृश्य कुनै सङ्ग्रहालयको एक झल्को नभएर तिहारमा नाचिएको नृत्यको थियो । झापाको केर्खाको एजी क्रुको आयोजनामा भएको यो नृत्य पहिलोपटक सुरुङ्गामै भएको थियो । एजी क्रुका अरुण लिम्बूका अनुसार तिहार नृत्यसँगै नेपाली परम्परागत सामग्रीहरू नयाँ पुस्तामा चिनाउन यसो गरिएको हो ।

20181106_103611 copy
एजी क्रुका ७ जना र अन्य दर्जन बढी कलाकारले यस्तै शैलीमा लगातार ७ दिन नृत्य गर्ने लिम्बूले बताए । उनले भने, ‘तिहार नृत्य त जोसुकैले देखाउँछन् । तर, नृत्यसँगै केही म्यासेज दिनलाई हामीले यो सबै गरेका हौँ र दर्शकहरूबाट माया पनि पाएका छौँ ।’

Screenshot_2018-11-06-10-42-29-1 copy

गैरनाफामूलक नृत्य, उठेको रकम सामुदायिक विद्यालयलाई
एजी क्रुज झापाको चिनिएको नृत्य समूह हो । यो समूह व्यावसायिक हो । तर, यो पटक तिहारमा गरिएको यस्तो नृत्यको भने सबै रकम सामुदायिक विद्यालयमा लगाउने क्रुको भनाइ छ । लिम्बूका अनुसार ७ दिनको नृत्यबाट उठेको सबै रकम कुनै एक सामुदायिक विद्यालय खोजेर सहयोग गरिनेछ । चुलाचुली वा अन्य कुनै क्षेत्रका सामुदायिक विद्यालयमा रकम दिइने लिम्बूले बताए । उनले भने, ‘हामी पनि पढ्न चाहन्छौँ’ नाराको ब्यानरसहित हामीले यो कार्यक्रम गरिरहेका छौँ ।’

Screenshot_2018-11-06-10-42-01-1 copy