इटहरीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसर पारी इटहरी ५ पचरुखीमा कविता वाचन सम्पन्न भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको स्थानमा भेला भई इटहरी र इनरुवाका कविहरुले कविता वाचन गरेका हुन् । कार्यक्रममा इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, प्राडा बद्रीविशाल पोख्रेल, कृष्णविनोद लम्साल, भैरव सापकोटा, रामप्रसाद खरेल, जगदीश सापकोटा लगायतले लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक व्यक्तित्व र समसामयिक साहित्यका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम प्रगतिशील लेखक सङ्घ सुनसरी, इटहरी साहित्यिक समूह, अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान र जनजागरण पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

ll