लिम्बू समुदायको संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ सार्वजनिक

  • असार २४, २०७८
  • २३६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ । विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने/जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।

बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ । पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बूले गाएका छन् । रचना नेम खापुङ लिम्बू, लय सङकलन सुमन लिम्बू, सङ्गीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भिम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दिपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पाःलाम खाप्न सघाएका छन् ।

1

भिडियोको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डि.बि. आङबुङ लिम्बूले गरेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन् ।
चलचित्रमा रुकमान लिम्बू र सबनम साबा लिम्बू गरेका छन् भने यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायतले अभिनय गरेका छ ।
याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन बिनोद लामा ब्यग्राउन्ड म्युजिक विकास दाहालको सम्पादन कथा निर्देशन लोकेन सावाको निर्देशन रहेको छ ।रुबुसा क्रिएटिभ वर्कले लघुचलचित्र 'खेदा' (कथा) लाइ सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

श्रीमान श्रीमतिबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

इटहरीः तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी श्रीमति ५२ ...

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

इटहरीः संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको एडिट ...

संखुवासभामा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु

इटहरीः संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडकखण्डमा ट्याक्टर भीरबाट खसेर चालकको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved