इटहरीः उदयपुरमा ट्याक्टर पल्टिँदा ३ जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ८ स्थित रङ्गमहल भन्ने स्थानको घुमाउरो बाटोमा ट्याक्टर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

दिउँसो को १ त ५८५० नम्बरको ट्याक्टर पल्टिएको थियो । ट्याक्टरमा रहेका ३६ जना घाइते भएका थिए । तीमध्ये ३ जनाको ज्यान गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रहरी पोष्टले पुष्टि गरेको छ । पोष्टका इन्चार्ज सई तिलक कटुवालका अनुसार ज्यान गुमाउनेमा अन्दाजी १९ वर्षकी विनिता चौधरी र अन्दाजी २० वर्षका इन्द्र र दीपिका चौधरी रहेका छन् ।
घाइते ३२ जनाको अहिले प्रतिष्ठानमा उपचार भइरहेको छ । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बेलका –२ को तपेश्वरी बेलहा घर भएका उनीहरू उदयपुर र सुनसरी जिल्लाको सिमाना चतराघाटको कोशी पुलमा वनभोज खाएर फर्किदै थिए । घुमाउरो बाटोमा ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नवीनकुमार सिंहले जानकारी दिए । उपचारका लागि बीपी प्रतिष्ठान पु¥याउँदै गर्दा ३ जनाको ज्यान गएको उनले बताए ।


उनका अनुसार ३६ व्यक्ति सवार ट्याक्टर सडकबाट २५ मिटर तल खसेको थियो । घाइतेको अवस्था बुझ्न बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।