इटहरीः गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ ।

लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् ।गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ भने सङ्गीत गायक भुवन प्यासीको नै रहेको छ । गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ । कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ ।वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए ।

सुर सङ्गीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ । चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गायक प्यासीले गीत आफ्नो अफिसियल यूट्युब च्यालनमार्फत सार्वजनिक गरेका हुन् ।