इटहरीः दक्षिणी भोजपुरको घोडेटार बजारले सिरानी लगाएको माझ किरातको एक प्राचीन गढी छ । यसलाई किराती शासक अटलसिंहको ऐतिहासिक हतुवागढी भनिन्छ । यो गढीकै नामबाट स्थानीय तहको नाम नै हतुवागढी राखिएको छ ।

हतुवागढी गाउँपालिकाको वडा नम्बर १ मा रहेको हतुवागढी नेपाली सेनाको ब्यारेकभित्र छ । माओवादीको युद्धकालमा बसेको नेपाली सेनाको ब्यारेक अहिले पनि गढीभित्रै बसिरहेको छ । ब्याारेकमै भए पनि नेपाली सेनाले आगन्तुकलाई गढीसम्म जान भने दिन्छ । श्री रणबम गणका क्याप्टेन धर्म राईका अनुसार स्थानीयहरूलाई १ नम्बर गेटबाट गढीमा जान दिइन्छ ।

कतिपयले गढीबाट नेपाली सेना हटाउनुपर्ने र कतिपयले गढी नै हटाउनुपर्ने माग पनि गरेका छन् । यी दुवै नभएर गढी र ब्यारेक दुवैलाई असहज नहुने बाटोमा निर्णय लिनुपर्ने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई बताउँछन् ।
हतुवागढीमा हाल औसतमा दैनिक ३० जना आगन्तुक आउने नेपाली सेनाको भनाइ छ । गढी भएको वडाका वडाध्यक्ष कुमार विष्टका अनुसार गढीमा आउने आगन्तुकको हालसम्म कुनै रेकर्ड राख्ने गरिएको छैन । अब भने राख्ने तयारी भएको विष्ट बताउँछन् । उनी भन्छन्, ‘ड्युटीमा रहेका सैनिकबाटै रेकर्ड लिने गरी सेनासँग कुरा भएको छ ।’

hatuwagadi pradesh portal  8

भ्यु टावर र सिँढी बनाएपछि आकर्षण बढ्यो
हतुवागढी पुग्न घोडेटार बजारबाट ढुङ्गाका सिँढीहरू उक्लनु पर्छ । १ सय ८३ वटा सिँढी उक्लेपछि माथिबाट बजारलाई प्राकृतिक टावरबाट देख्न सकिन्छ । त्यसलाई घोडेटार भ्यु टावर भनिएको छ । यो प्राकृतिक टावर बनाउन स्थानीय तहले साढे ३ लाख हाराहारी बजेट खर्चेको वडाध्यक्ष कुमार विष्ट बताउँछन् ।

आकर्षक सिँढी र घोडेटार भ्यु टावर बनाएसँगै हतुवागढीको आकर्षण थपिएको स्थानीय सम्झना भुजेलले बताइन् । उनले भनिन्, ‘टावर र सिँढीले सेल्फी प्वाइन्ट बढेका छन् । यी कुराले हाम्रो घोडेटार र हतुवागढी आउनेलाई आकर्षित गरेका छन् ।’

hatuwagadi pradesh portal 3 hatuwagadi pradesh portal 2 2 hatuwagadi pradesh portal 7 hatuwagadi pradesh portal 6 hatuwagadi pradesh portal 45 hatuwagadi pradesh portal 4 1 hatuwagadi pradesh portal 9