मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा

  • श्रावण ६, २०७८
  • १०७ पटक पढिएको
  • शंकर खत्री
alt

इटहरीः युवा पुस्ताको आकर्षण काठमाडौं । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा छोटो समयमा मोटरहेड ब्राण्डको बाइकप्रति ग्राहकको आकर्षण बढिरहेको छ । यो अपग्रेडेड भर्सनको बाइक अझै बढी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स छ ।

पहिले यो बाइकको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेकोमा अब अपग्रेड पश्चात यसको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । युवा पुस्ताको रोजाईमा रहेको मोटरहेडको स्क्र्याम्ब्लर २५० बाइक पनि उपलब्ध भएको छ । पहिले यसको स्टक क्लियरेन्स भएकोमा अब फेरि नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको हो ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टायर र स्पोर्ट्स रोड टायरको मूल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार रुपैयाँ पर्छ ।

काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

बीपी प्रतिष्ठानमा एक वर्षमा ४८ करोडसम्मको बेरुजु

धरानः उच्चस्तरीय कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रत ...

धनकुटाका जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेको खुलासा

धरानः धनकुटाको साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकामा जनप्रतिनिधिले कार्यालयको नाममा रहेका ...

धरानमा ४८ सहित प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ ।  २ हजार ११९ जनाक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved