आइपीओ निष्कासनको तयारीमा पतञ्जली आयुर्वेद

  • श्रावण ६, २०७८
  • १५१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः बाबा रामदेवको पतञ्जली आयुर्वेद कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

हालै बाबा रामदेवले यसबारे खुलासा गरेका हुन् । ‘कम्पनीको आईपीओ यो वर्ष आउँदैन तर यो वर्षको अन्त्यसम्म आईपीओ निष्कासनको निर्णय हुन सक्छ’, रामदेवले भनेका छन्, ‘हामी हतारमा निर्णय गर्ने पक्षमा छैनौँ, यसका लागि थोरै समय लगाउने छौँ ।’

बाबा रामदेवले हाल रुचि सोयाको एफपीओ निष्कासनका लागि विभिन्न संस्थागत लगानीकर्ताहरुसँग छलफल भइरहेको पनि खुलासा गरेका छन् । ‘रुचि सोयाको भने छिटै एफपीओ जारी हुन सक्छ’, उनले भने ।

रुचि सोयामा लगानीकर्ताहरुले लगानीका लागि चासो देखाइरहेको पनि रामदेवले बताए। ‘एफपीओ निकाल्दाको मूल्य हालका सेयरधनी तथा सम्भावित सेयरधनीहरुको हितमा राखेर राखिने छ’, उनले भने ।

सन् २०२१ मा पतञ्जलीको टर्नओभर भारु ३० हजार करोड अधिक रहेको छ । यसमा रुचि सोयाको बिक्रीको योगदान भारु १६ हजार करोडभन्दा बढी रहेको छ ।

पतञ्जलीले डुब्न लागेको न्युट्रिला सोया कम्पनी सन् २०१९ मा भारु ४ हजार ३५० करोडमा किनेको थियो । सन् २०२० मा यो कम्पनीको सेयर प्रतिकित्ता भारु १७ मा स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । हिजो मंगलबार यो कम्पनीको प्रतिकित्ता सेयर भारु १ हजार १७७ माथि पुगेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

बीपी प्रतिष्ठानमा एक वर्षमा ४८ करोडसम्मको बेरुजु

धरानः उच्चस्तरीय कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रत ...

धनकुटाका जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेको खुलासा

धरानः धनकुटाको साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकामा जनप्रतिनिधिले कार्यालयको नाममा रहेका ...

धरानमा ४८ सहित प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ ।  २ हजार ११९ जनाक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved