इटहरीः प्रदेश नम्बर १ मा मुख्य कार्यालय र रहेको सप्तकोसी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ५ प्रतिशतले बढी नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड २ लाख खुद नाफा गरेको  बैंकले यस आर्थिक वर्षमा भने ६ करोड १९ लाख ३८ हजार रुपैया खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले सो अवधिमा कमाएको नाफा गत वर्षको सोही अवधिको तुलनामा १०४दशमलव ८३ प्रतिशत बढी हो । यो अवधिमा बैंकले गरेको ब्याजी आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा २२ करोड २० लाख रुपैयाँ बराबरको आम्दनी ब्याजबाट गरेको बैंकले यस आर्थिक वर्षको असार मसान्तसम्ममा २१ करोड ७२ लाख २७ हजार रुपैयाँ ब्याजमार्फत् कमाउन सफल भएको छ । बैंकले प्रतिशेयर वार्षिक आम्दानी ७ रुपैयाँ ४२ पैसा गरेको छ भने प्रतिशेयर सम्पत्तिको मूल्य ६८९ रुपैयाँ ५२ पैसा पुगेको छ ।

जसले बैंकको खुद ब्याज आम्दानी घटेको देखाउँछ । तर सञ्चालन मुनाफा भने ११२ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । सञ्चालन मुनाफा बढेसँगै विचतरणयोग्य नाफामा ७ करोड ४४लाख ९४ हजार रुपैयाँमा पुगेको छ । यो अवधिमा बैंकले निक्षेप संकलनमा ३२ दशमलव ६१ प्रतिशतले बढाउन सफल भएको देखिन्छ भने कर्जा लगानी ४२ दशमलव ४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ बराबर पुगेको छ । मोरङ्ख, इलाम, पाँचथर, झापा, ताप्लेजुङ्ख, सुनसरी, धनकुटा र तेह्रथुममा शाखा कार्यालय राखेर वित्तीय सेवा दिइरहेको बैंकको कर्पोरेट कायालय विराटनगरमा छ भने मुख्य कार्यालय धनकुटामा रहेको छ ।