इटहरीः मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै‚ प्रदेश १ र बागमति प्रदेशको एक दुई स्थानमा मेघजर्जनसहित भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको बताउँदै महाशाखाले बाग्मति गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको उल्लेख गरेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमति प्रदेशको एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।