इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्न केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शुक्रबार काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको हो।

बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठन गरिएको केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्य, टासी ल्हाजोम र जनक सिंह धामीलाई सदस्य मनोनयन गरेको छ। समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

त्यसैगरी बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागमा प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ।

जसअनुसार प्रवास सम्पर्क विभाग प्रमुखमा मनीष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल र विधान, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल तोकिएका छन्।

त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार साह (महोत्तरी), आपूर्ति, बजार प्रशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी र सदस्यमा सुमित्रा बुढाथोकी मनोनयन भएका छन्।

WhatsApp Image 2026-10-03 at 20.57.36

यसैगरी वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म के।सी। तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।

पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीले ७७ जिल्लामा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने


 रास्वपाले केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले जारी गरेको सूचनाअनुसार असोज २० गतेदेखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरूले देशका ७७ जिल्लाका ७५३ वटै पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल र सुझाव संकलन गर्नेछन्। उक्त अभियानमा केन्द्रीय सदस्य तथा सांसदहरूलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।

WhatsApp Image 2026-10-03 at 20.50.45

त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको पार्टीले जनाएको छ। प्रतिवेदन अध्ययनपछि पार्टीले आवश्यक कदम चाल्ने बताइएको छ।

रास्वपाले पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै काठमाडौं उपत्यकाभित्र उपयुक्त स्थानमा जग्गा वा घर खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ।

पार्टीले नेपालीहरूको बडादसैँ, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना समेत व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी सूचनामा यी निर्णय तथा कार्यक्रमहरू सार्वजनिक गरिएको हो।ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने तयारीस्वरूप समिति गठन गरेको हो।