इटहरीः प्रभु क्यापिटल लिमिटेडले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले शनिबार एक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । कार्यक्रम काठमाडाँैको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा भएको थियो ।

आईपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १० कित्ताको दरले सानिमा लाइफको शेयर पाएका छन् ।

आइपीओमा २३ लाख १३ हजार ५५६ आवेदकबाट ३ करोड ४२ लाख ७९ हजार ६२० कित्ता माग गर्दै आवेदन दिएका थिए । यसबाहेक आईपीओ खरिदका लागि १ लाख ६ हजार २९२ आवेदन र त्यसमार्फत् माग भएको २६ लाख ७१ हजार ४६० कित्ताको आवेदन रद्ध गरिएको थियो ।


कुल २३ लाख ८ हजार १२२ आवेदकलाई भ्यालिड मानी त्यसमार्फत माग भएको ३ करोड ४२ लाख ५ हजार २० कित्तालाई आधार मानेर आईपीओ बाँडफाँट गरिएको हो ।

सानिमाको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो ।

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणले पाएका छन् ।


लगानीकर्ताले सीडीएसीको आईपीओ हेर्न सकिने साइट, बिक्री प्रबन्धक र सेयर निष्कासन गर्ने कम्पनी(सानिमा लाइफ)को वेबसाइटबाट पनि आफूलाई शेयर परे नपरेको हेर्न सक्नेछन् ।