इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ४ र ३ को संगमस्थलका रुपमा रहेको मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ स्थित गौशाला वृन्दावनधाम जोड्ने झोलुङ्गे पुल । पुल निर्माणसँगै यस क्षेत्रमा आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यो पुलमा आउने सेल्फी खिच्ने र टिकटक बनाउने युवायुवतिहरुको प्रतिदिन भीड लाग्ने गरेको छ । पुल आइसकेका पर्यटकहरु पुल तरेर गौशालाधाम पनि आउने क्रम प्रतिदिन बढिरहेको छ । कोरोनाको कहरका बीच पनि यो पुल निर्माण भई सञ्चालन भएयता दैनिक ५ सय बढीको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको गौशाला वृन्दावनका प्रमुख दिनबन्धु शास्त्रीले जानकारी दिएका छन् ।

ss4 ss5 ss7 ss1 ss2 ss3