कता गए लगानीकर्ता ? किन घट्दैछ शेयर कारोबार ?

  • भदौ ३०, २०७८
  • १४३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः केही हप्ता अघिसम्म मात्र औसतमा १५ अर्बको कारोबार हुने नेपालको शेयर बजार अचानक ५ अर्बको वरिपरि घुम्न थालेको छ ।

कसैले बजार घट्नमा १२ करोडको सीमामा सारिएको शेयर धितो कर्जालाइ दोस दिएका छन भने कसैले भने बजारको करेक्सनलाइ समान्यको सङ्या दिएका छन । तथापि बजार भने निकै तल झरेको छ । बुधबारको कारोबारमा नेप्से परिसूचक ४०.२६ अङ्कले ओरालो झरेको छ । योसँगै नेप्से परिसूचक २८८९.०३ को विन्दुमा कायम छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अङ्कले घटेर ५३८.५ को विन्दुमा झरेको छ । कारोबार रकम ५ अर्ब रुपैयाँको सेरोफेरोमा छ । मङ्लबारको कारोबार पनि ५ अर्बको सेरोफेरोमा नै थियो । बजारका जानकारहरु बजार घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन् । यद्यपि, कारोबार पनि घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको हुन सक्ने बुझाइ विज्ञहरुको छ ।

पछिल्लो समय शेयर धितो कर्जाको सीमाको विषयले बजार प्रभावित भएको बजारमा एकथरि लगानीकर्ताहरु अहिले पनि राष्ट्र बैंकका विरुद्धमा आन्दोलित नै छन् । जसले गर्दा लगानीकर्ता अन्योलमा रहेकाले बजार घटेको आँकलन गरिएको छ । सक्रिय लगानीकर्ताहरु भने बजारलाई प्रभावित पार्न ठूला लगानीकर्ताको हात रहेको बताउँछन् । राजनीतिक अवस्था पनि अस्थिर रहेका कारण बजार प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ । बुधबारको बजारमा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा राताम्मे छ ।

यो दिन वित्त समूह सर्वाधिक २.९८ प्रतिशतले ओरालो लागेको छ । होटल तथा पर्यटन समूह २.२४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.०५ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, जलविद्युत समूहमा २.११ प्रतिशत, लगानी समूहमा १.८४ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, लघुवित्त समूहमा ०.९५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०५ प्रतिशत, अन्य समूहमा १.१३ प्रतिशत र व्यापार समूहमा ०.८ प्रतिशतको गिरावट आएको छ ।

धेरै कमाउने र धेरै गुमाउने
आज मनोकामना स्मार्ट लघुवित्तका शेयरधनीहरु मालामाल भए । यो कम्पनीको शेयरभाउ ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यसैगरी, यो दिन हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीहरुले सर्वाधिक गुमाए । यो कम्पनीको शेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस

इटहरीमा ४० सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण ...

महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्टबीच ग्राहकलाई सहुलियत दिने सम्झौता

धरानः आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैंकबीच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौत ...

खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved