विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हत्यारालाई लुकाइरहेको आरोप लगाएका छन् । आज विराटनगरमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले आफूले शुरूमै भनेअनुसार सरकार अधिनायकवादतर्फ उन्मुख रहेको तर्क गर्दै विभिन्न घटनाका दोषीलाई सरकारले लुकाउन खोजेको बताएका हुन् । 

सरकार निर्मला पन्तका हत्यारा लुकाउन लागि परेको पनि उनले आरोप लगाए । महासमिति बैठकको राजनीतिक प्रस्तावमाथि मस्यौदा सुझाव सङ्कलन गर्ने प्रादेशिक कार्यक्रम अन्तर्गत भएको छलफलमा बोल्दै देउवाले यस्तो बताएका हुन् । सो कार्यक्रममा देउवाले राखेको मन्तव्यको पूरा भाग प्रदेश पोर्टलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।