इटहरी/ नेपाल सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले २ देशसँग सम्बन्ध कायम गर्ने सवालमा कुनै एकसँग आत्मसमर्पण नगरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको भर्खरै सम्पन्न चीन भ्रमणबारे आलोचना बढी भएको भन्दै चीनसँग झुकाव नराखेको तर सन्तुलित सम्बन्ध भने स्थापित भएको उनले बताए ।
भारत र चीन दुवै देश छिमेकी भएको भन्दै देशको हित अनुुकूल छिमेकको सहयोग लिने कार्य जारी हुने बताए । चीनले रेल सहयोग गर्ने भएपछि भारतले दक्षिणबाट काठमाडांैसम्म रेल जोडिदिने भन्नुु सन्तुलित सम्बन्धको नमुना भएको भन्दै वर्तमान प्रधानमन्त्री केपी ओली मात्र वैदेशिक कूटनीतिमा सफल प्रधानमन्त्री बनेको उनले दाबी गरे ।
मन्त्री बास्कोटाले वर्तमान सरकार आर्थिक अनशासन र कानुनी मर्यादामा अडिग रहने भन्दै विपक्षीले भनेजस्तो सरकार केही नगरी नबसेको बताए । उनले अहिले राज्यकोषको ढिकुटी सबै ऋण तिर्न समेत सक्ने अवस्थामा रहेको भन्दै राज्य टाट पल्टिने अवस्थामा रहेको भन्ने विपक्षीको हल्ला निराधार रहेको बताए । उनले अबको १८ महिनापछि सरकारलाई गाली गर्ने अवसर विपक्षीसँग नहुने भन्दै सरकार गुुणात्मक विकासको पक्षमा रहेको बताए ।
मन्त्रीले वर्तमान सरकारको मुुख्य एजेण्डा आर्थिक पारदर्शिता र सुशासनयुक्त समृद्धि नै रहेको भन्दै त्यसमा केही तलमाथि नहुुने बताए ।
सञ्चार क्षेत्रमा देखिएको बेथितिप्रति मन्त्री बास्कोटाले अधिकांशले भ्रमको खेती गरिरहेको बताए । दर्ताबिनै सञ्चालनमा चलेका अनलाइनले भ्रम सिर्जना गर्ने कार्य जारी राखेका कारण खास पत्रकारितामा रहेकाहरूको पेशा नै संकटमा पर्न खोजेको टिप्पणी गरे ।
‘जे पनि लेख्न पाउनुपर्छ भन्नु अपराधकर्मलाई प्रश्रय दिनुु हो’, उनले भने, ‘विकृत मानोविज्ञानद्वारा सिर्जित अफवाहले समाजलाई सत्कर्ममा डोहो¥याउँदैन ।’ उनले सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक भएको भन्दै सोहीअनुसार प्रस्तुत हुनुपर्ने बताए ।
सामाजिक सञ्जालले भीड देखाउने तर सत्यको अंश निकै तल हुने भन्दै मास मिडियाले सत्य प्रस्तुत गर्दै सही र गलत छर्लंग पार्नुुपर्ने बताए । ‘सोसल साइट र मेन स्ट्रिम मिडियाबीचको भिन्नता छुुट्याउनुु आवश्यक छ, सोसयल साइटको कारण मेन स्ट्रिम पत्रकारितालाई चुुनौती छ,’ उनले भने ।