इटहरीः धनकुटा जिल्लाको साँगुरिगढी गाउँपालिकास्थित कार्की छापनजिकै बाँसको बारले बारेको छाप्रोमा चिया बेच्ने दिनेश लिम्बुले अन्तत छाप्रो भत्काएर ठाउँ छाडिदिएका छन् ।
बेरोजगारी समस्या भोगिरहेका लिम्बुले भेडेटार देखि धनकुटा जाने बाटोमा बाँसले बारेको छाप्रोमा नौलो शैलीमा चिया कफी बेचिरहेका थिए । सानो छाप्रोमा चिया बेच्ने दिनेश लिम्बूको व्यवसायमा सामुदायिक वनले आँखा गाँडे पछि कटेरो छाड्न बाध्य भएका हुन् । उनि अहिले बैकल्पिक स्वरोजगारीको बाटो खोजिरहेका छन् ।
पहाडको बीचमा सुन्दर कटेरो बनाएर चिया बेचिरहेका दिनेशलाई कटेरो हटाउन भन्दै भेडेटार ४ ठेगाना लेखिएको पाथीभरा वन उपभोक्ता समूहले पत्र काटेर तीन दिनभित्र कटेरो छाडिसक्न भनेको थियो । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको हस्ताक्षरसहित काटिएको पत्र कार्तिक ११ गते काटिएको भएपनि मङ्सिर ५ गते आइतबार दिनेशलाई थमाइएको थियो । सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजनाको परिच्छेद ६ को दफा ३१ मा सामुदायिक वनमा घर छाप्रो बनाउन नपाइने उल्लेख भएकाले वन ऐनअनुरुप सामुदायिक वनको अतिक्रमण गरे गराए पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने भन्दै ३ दिनभित्र नहटाए कानूनअनुसार कारबाही गरिने पत्रमा उल्लेख गरिएको थियो । कानुनको कुरा देखाएपछि जेल र जरिवानाका डरले आफुले छाप्रो हटाएको दिनेश बताउँछन् ।भेडेटारभन्दा तल रहेको पहाडी इलाकामा बाँसको भाटाबाट बनाइएको कच्ची संचरनामा दिनेशले साथीसँग ऋण लिएर लगभग एक लाखको लगानीमा व्यवसाय गरेका थिए ।

270105456_942959029930488_8598257131555213709_n
व्यवसाय सुरु गर्नुअघि पनि गाउँपालिकाका अध्यक्षसँग सल्लाह लिएरै काम थालेको भएपनि सामुदायिक वन पत्र धम्किको भाषामा आएपछि हटाउनु परेको दिनेश बताउँछन् । भाषा परीक्षा पास गरेर कोरिया जाने तयारीमा रहेका दिनेशलाई कोरोना र यसका कारण भएको विश्वव्यापी लकडाउनले गर्दा समस्या पारेपछि विकल्पको रुपमा यस्तो व्यवसाय रोजेका थिए । नमस्ते झरना, धनकुटा, भोजपुर लगायतका ठाउँमा जाने धार्मिक पर्यटकलाई टिपिकल अनौठो छाप्रोमा गुणस्तरीय सेवा दिइरहेका दिनेश आफूले चिया कफी बेच्न थालेपछि सो क्षेत्रको फोहोरलाई व्यवस्थापन समेत गर्ने गरेका थिए ।
बाँस तथा अन्य रुखका जराबार सुन्दर आकृति बनाउन खप्पिस दिनेश पहिलेको छाप्रो भन्दा केहि तल निजि जग्गा भाडामा लिएर अर्को छाप्रोको निर्माण गरिरहेका छन् । आफुलाई मन पराउने पाहुनाहरुको आग्रहलाई स्वीकार गर्दैै बार्षिक २५ हजार भाडामा जग्गा लिएको र त्यहाँसंरचना निर्माण गरिरहेको दिनेशले हामीलाई सुनाए । अवको कटेजमा दिनेशले बाँसका जराबाट बनाइएका आकृति राख्नुका साथै चियाको लागि मट्कालाई निरन्तरता दिने भएका छन् । जलवायु परिवर्तनमा सम्बेदनलशिल दिनेश दिनदिनै मौसम परिवर्तनका कारण वातावरणमा नराम्रो प्रभाव परिरहेको बेलो आफ्नो छाप्रोमा माटोको भाँडोलाई निरन्तरता दिने बताउँछन् । पाहुनालाई गाउँले शैलीमा खाजा ख्वाउनका लागि गुन्द्रि समेत राख्न लागेको उनले बताए ।

258564405_1021868338375273_1502096731503387126_n
आफ्नो परिवारको आवश्यकतालाई धान्दै जिवन संगिनीलाई व्याचलर पढाउँदै गरेका दिनेश भेडेटार होटल एसोसिएसनले आयोजना गरेको नवौ फुड फेस्टिवलमा समेत आफ्नै स्टल लिएर पर्यटकलाई माटोको भाँडामै चिया पिलाइरहेका थिए ।
प्रदेश पोर्टलसँगको कुराकानीमा साँगुरिगढी गाउँपालिकाकी उपप्रमुख वीन्द्रा राईले सामुदायिक वनले पत्र काटेको बारेमा पनि आफूहरुलाई थाहा नभएको बताएपनि पछि दिनेश भेट्न जाँदा भने सामुदायिक वनको कुरा भएकाले आफुहरुले केहि गर्न नसक्ने प्रतिक्रिया दिएको बताइएको छ ।