इटहरीः अघिल्लो स्थानीय निकायको चुनावमा इनरुवा नगरपालिकाबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरमा हारेका मनोज कुमार मेहताले पार्टी परित्याग गरेका छन् ।

शुक्रबार मेहता लोसपा छाड्दै नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा मेहता एमाले पार्टीमा प्रवेश गरेका हुन । नव प्रवेशी मेहतालाई पार्टी अध्यक्ष ओलिले टिका, माला र खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

नेपाली काँग्रेस तथा तत्काकालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रि पार्टीको राजनितिमा विगत लामो समय देखी सक्रिय मेहता शुक्रबार औपचारिक रुपमा एमालेमा भित्रिएका छन् ।

विद्यार्थी उमेरदेखि पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिक सभापति स्व.गिरिजा प्रसाद कोइराला, काँग्रेसका प्रभावशाली नेता मानिने बिजय गच्छदारसँग नजिक रहेका मेहता एमाले प्रवेश गर्नुलाई स्वार्थको राजनिति शुरु भएको चर्चा गरिएको छ ।

273842165_272946524969286_3235037528416975492_n

नेपाली काँग्रेससँग आवद्ध भएपनि बिजय गच्छद्धारसँग निकट मानिने मेहता गच्छादारले पार्टी परिवर्तन गर्दा उतै जाने गरेका भएपनि पछिल्लो समय काँग्रेसमा भने गएनन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका मनोज कुमार मेहताले जम्मा २ हजार ६ सय १५ मत प्राप्त गरेका थिए । इनरुवा नगरपालिकामा नेपाली काँग्रेसमा राजन मेहताले १० हजार ९ सय ८७ मत ल्याउँदै मेयरको ताज पहिरेका थिए भने नेकपा एमालेका पोष्ट कुमार नेपालले ९ हजार ८ सय तेह्र मत प्राप्त गरेर दोस्रो स्थान बनाएका थिए ।

अघिल्लो चुनावमा काँग्रेसले जित हाँसिल गरेपनि एमाले दावेदार रहेकोले आफ्नो सम्भावना राम्रो देखेर मेहताले एमालेमा प्रवेश गरेको बुझिन थालेको छ । मेहतालाई नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए पछि एमालेबाट अब आउने स्थानीय तहको निर्वाचनमा इनरुवा मेयरमा उठ्ने चर्चा सूरु भएको बुझिईएको छ । उनि प्रवेश कार्यक्रममा एमालेकी केन्द्रिय सदस्य तथा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको समेत उपस्थिती रहेको थियो ।