इटहरीः सुर्खेत प्रहरीले शुक्रबार नेपालगन्जमा गाडीमा सवार गरिरहेका एक जना यात्रुलाई कुटेकै कारण मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
सुर्खेत प्रहरीले नेपालगंजबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ गाडीमा सवार कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमाललाई निर्घात कुटपिट गरेका थिए । कुटाईपछि हमालको मृत्यु भएको हो ।

आफन्तको आरोप अनुसार हमाललाई प्रहरीले निर्घात कुटपिट गरेका थिए । कुटपिट पछि गम्भिर घाईते भएका हमाललाई ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो।’

मृत्तक हमालका काका कलमबहादुर हमालका अनुसार गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ । कुटपिट पछि गम्भिर घाईते भएका हमाललाई उपचारका लागि सुर्खेत हस्पिटलमा लगिएको थियो । हमालको शनिबार दिउँसो मृत्यु भएको हो।

के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरी ले बताएको छ । “कुटपिटपछि मृत्यु भन्ने खवर अनुसन्धानपछि सवै खुल्नेछ।’ प्रहरीले भनेको छ ।

अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन्। सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ।