औषधी व्यवसायी हरिमोहनले गरे साढे चौतिस लिटर रक्तदान !

  • फाल्गुन २१, २०७८
  • २१९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः एक जना मानिसको शरीरमा कति लिटर रगत हुन्छ ? शरीरको तौलको करिव ७ प्रतिशत । एक किलोग्राममा ७८ मिलिलिटर । तर विराटनगरका ट्राफिकचोकका औषधी व्यवसायी हरिमोहन श्रेष्ठले ३४.७ लिटर रगत दिएका छन् । तर एकै पटकमा होइन्, ९२ पटकमा । उनले ९२ औं पटक रक्तदान गरेका छन् । उनले २५ पटक ४५० मिलिलिटर र ६७ पटक ३५० मिलिलिटर (एमएल) का दरले रगत दिएका हुन् ।

गोल्डेन अस्पताल विराटनगरमा उपचाररत सिराहा नगरपालिका –१२ की १७ वर्षीया शारदादेवी शर्मालाई प्रसूतिपछि भएको रक्तश्रावका कारण ताजा रगत आवश्यक भएपछि श्रेष्ठले रक्तदान गरेका हुन् । श्रेष्ठले २०७८ सालमा नै चार पटक रक्तदान गरिसकेका छन् – बैशाख १९, भदौ ७, मंसिर १० र फागुन १९ गते ।

सिरहा नगरपालिका–११ स्थित स्वास्थ्य चौकीमा शर्माले बुधबार सकुशल छोरा पाएकी थिइन् । तर उनलाई रक्तश्राव भएपछि स्वास्थ्य चौकीले आफूले रक्तश्राव रोक्न नसक्ने भन्दै विराटनगरमा उपचारको सुझाएको थियो । सोही क्रममा गोल्डेन अस्पतालमा शर्मालाई भर्ना गरी रगत चढाउने क्रममा श्रेष्ठले मिल्ने रगत दिएको सुरेशकुमार ठाकुरले बताए । ठाकुर विरामी शारदा शर्माकी ससुरा हुन् ।

श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउ“सो राति केही नभनी रगत दिंदै आएका छन् । विराटनर ट्राफिक चोकमा सौगात मेडिको नाममको औषधि पसल सञ्चालन गर्दै आएका श्रेष्ठ औषधी व्यवसायी संघ कोशीका पूर्व महासचिव पनि हुन् ।

उनलाई एक सय पटक रगत दिने रहर छ । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् । विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् ।

यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६८ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले २०३ पटक रक्तदान गरिसकेका छन् । यस अवधिमा उनले दिएको रगत ६ सय जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की नवनियुक्त प्रदेशसभा सदस्य हिमा बस्नेतद्वारा सपथ ग्रहण

इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा नवनियुक्त समानुपातिक सांसद हिमादेवी बस्नेत (भट्टराई) को सप ...

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved