इटहरीः यौन दुव्र्यवहारको आरोपित शिक्षकलाई नियन्त्रणमामा लिएर फर्किदै गरको प्रहरीमाथि आक्रमण हुँदा मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएको छ । गत शुक्रबार लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै यौन दुव्र्यवहार गरेको आरोप छ ।

सोही घटनामा आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर फर्किदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको हो । प्रहरीमाथि आक्रोशत स्थानीय र विद्यार्थीको समूहले आइतबार साँझ आक्रमण गरेको हो ।

आक्रोशित भिडबाट धारिलो हतियारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको घाटीमा प्रहार भएको थियो । उनको उपचारको लागि विराटनगर कोशी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी स्रोतको दाबी छ । ति महिला प्रहरीको घाँटीमा गहिरो चोट छ ।

आरोपित शिक्षकलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजाने क्रममा बाटोमै आक्रमण भएको थियो । सो क्रममा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् ।

आरोपित शिक्षक विद्यालयका पदाधिकारीसँग छलफल गर्न पुगेका थिए ।शिक्षक पौडेललाई प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा प्रदर्शनकारीले आगो लगाउन खोज्दा झडप भएको स्थानीय रमेश सुनुवारले बताए ।

प्रहरीले ति शिक्षकलाई नियन्त्रणमा लिएर हिडाउदै प्रहरी कार्यालय ल्याउने क्रममा प्रदर्शनकारीले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियार प्रहार भएको प्रत्यक्षदर्शी सुनुवारको दाबी छ। झडपको क्रममा प्रहरीमाथि घरेलु हतियार र रडबाट आक्रमण भएको थियो ।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार प्रहरीको दाबी छ। प्रहरीले आरोपित शिक्षक पौडेललाई इलाका प्रहरी कार्यालय लेटाङ्गको हिरासतमा राखेको छ ।

अँध्यारो समयमा प्रहरीमाथि एक्कासि आक्रमण भएको थियो । जसमा मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसी समेत घाइते छन् । प्रहरीमाथि आक्रमण गर्नेहरूको खोजतलास भइरहेको छ ।

276047621_4963612047054367_3427071148463641150_n

१ नं, प्रदेश प्रहरी कार्यालय, बिराटनगरका प्रवक्ता एसपी नवीन राईले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको पुष्टि गरे । उनको उपचारको लागि कोशी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताए । यौन दुव्र्यवहारको आरोपित शिक्षकलाई नियन्त्रणमामा लिएर फर्किदै गरको प्रहरीमाथि आक्रमण हुँदा मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएको छ । गत शुक्रबार लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै यौन दुव्र्यवहार गरेको आरोप छ ।

सोही घटनामा आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर फर्किदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको हो । प्रहरीमाथि आक्रोशत स्थानीय र विद्यार्थीको समूहले आइतबार साँझ आक्रमण गरेको हो ।

आक्रोशित भिडबाट धारिलो हतियारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको घाटीमा प्रहार भएको थियो । उनको उपचारको लागि विराटनगर कोशी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी स्रोतको दाबी छ । ति महिला प्रहरीको घाँटीमा गहिरो चोट छ ।

आरोपित शिक्षकलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजाने क्रममा बाटोमै आक्रमण भएको थियो । सो क्रममा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् । आरोपित शिक्षक विद्यालयका पदाधिकारीसँग छलफल गर्न पुगेका थिए ।

शिक्षक पौडेललाई प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा प्रदर्शनकारीले आगो लगाउन खोज्दा झडप भएको स्थानीय रमेश सुनुवारले अपराध न्युजलाई बताए ।

प्रहरीले ति शिक्षकलाई नियन्त्रणमा लिएर हिडाउदै प्रहरी कार्यालय ल्याउने क्रममा प्रदर्शनकारीले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियार प्रहार भएको प्रत्यक्षदर्शी सुनुवारको दाबी छ। झडपको क्रममा प्रहरीमाथि घरेलु हतियार र रडबाट आक्रमण भएको थियो ।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार प्रहरीको दाबी छ। प्रहरीले आरोपित शिक्षक पौडेललाई इलाका प्रहरी कार्यालय लेटाङ्गको हिरासतमा राखेको छ ।

275800634_5020429444704542_7786494827706351405_n

अँध्यारो समयमा प्रहरीमाथि एक्कासि आक्रमण भएको थियो । जसमा मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसी समेत घाइते छन् । प्रहरीमाथि आक्रमण गर्नेहरूको खोजतलास भइरहेको छ ।

१ नं, प्रदेश प्रहरी कार्यालय, बिराटनगरका प्रवक्ता एसपी नवीन राईले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको पुष्टि गरे । उनको उपचारको लागि कोशी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताए ।