इटहरीः सुनसरीको रामधुनी नगरपालिका ५ मा रहेको लर्डबुद्ध इन्टरनेसनल स्कुलले कक्षा ११ तथा १२ मा  विज्ञान प्रयोगशाला सहितको उत्कृष्ट शिक्षा आफूहरुले उपलब्ध गराउने बताएको छ ।

शिक्षामा गुणस्तर खोज्दै अन्यत्र जाने गरिएको भएपनि लर्डबुद्धले झुम्का तथा वरपरका विद्यार्थीलाई गुणस्तर खोज्नकै लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटेको बताउँदै सहज रुपमा झुम्कामै गुणस्तरीय उच्च शिक्षा प्रदान गरिरहेको स्कुलका सँस्थापक प्राचार्य अर्जुनप्रसाद न्यौपाने बताउँछन् ।

सूचना प्रविधिको क्षेत्रमा समेत अग्रणी भुमिकामा आफूहरु रहेको बताउँँदै न्यौपानेले रामधुनी तथा झुम्काका विद्यार्थीलाई विभिन्न बहानामा  इटहरीका कलेजहरु चहार्नुपर्ने बाध्यता नरहेको बताए ।

प्रदेश पोर्टलसँगको कुराकानीमा उनले आफूहरुले विज्ञान संकाय, कम्प्युटर विज्ञान र व्यवस्थापनका विषयमा कक्षा ११ र १२ मा अध्यापन गरिरहेको पनि बताए । विज्ञान विषयमा देशलाई चाहिने जनशक्ति उत्पादनमा लर्डबुद्धले उच्चकोटिको विज्ञान प्रयोगशाला गतवर्ष मात्र तयार गरेको छ । रामधुनी अर्थात् झुम्काको निजी विद्यालयहरुको इतिहासमा दमदार उपस्थिति जनाएको लर्डबुद्धले २०६८ सालबाट उच्च शिक्षा अर्थात् ११ र १२ कक्षाकोृ पढाइ सञ्चालन गरेको हो ।

उच्च शिक्षाका विद्यार्थीकै लागि भनेर आउटडोर खेलमा भलिबल, फुटबल तथा बास्केटबलको प्रशिक्षक सहितको खेल खेलाइरहेको लर्डबुद्धले यसपालि क्रिकेटप्रेमी विद्यार्थीको लागि २ वटा क्रिकेट मैदानसमेत बनाउने भएको छ ।

शिक्षासँगै स्पोर्टसलाई जोड्ने हिसाबले आफूले क्रिकेट मैदानको निर्माण गर्ने र बास्केटबलको लागि प्रशिक्षक नै ल्याएर विद्यार्थीहरुलाई सिकाउने योजना बनाएको प्राचार्य न्यौपानेले बताए ।