धरानः परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २० औं संस्करण सम्पन्न गरेको छ ।

धरान १५ स्थित श्याम चौक सेवा समाजको भवनमा आयोजित उक्त कार्यक्रम श्याम चौक युवा समुहको सहकार्यमा सम्पन्न भएको छ । विशेष गरी मुटु, मधुमेह र उच्च रक्तचापसम्बन्धी परीक्षण गरिने उक्त क्लिनिकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा जाँच गरिएको थियो । विशेष गरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुका लागि आयोजित उक्त क्लिनिकमा ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

6 (1)

कार्यक्रमको औपचारिक समुद्घाटनमा प्रमुख अतिथि रहेका धरान वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारामले २० औँ संस्करणसम्म निरन्तर कार्यक्रम आयोजना हुनु साधारण कार्य नभएको बताए । अभियानले विगत ११ महिनादेखि निरन्तर रुपमा यो कार्यक्रम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनमा केन्द्रित रहेका कार्यक्रम गर्दै आइरहेको अभियानका अध्यक्ष विष्णु बरालले बताए । त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त क्लिनिकमा अभियानका अभियन्ताहरु मोहन श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल र निशान नेपालको सहभागिता रहेको थियो ।