धरानः दिपेन्द्र स्मृति आधारभुत विद्यालयका विद्यार्थीलाई पोसाक प्रदान गरिएको छ ।

विद्यालयका १४ जना विद्यार्थीलाई सुधीर ताम्राकारको आर्थिक सहयोगमा पोसाक दिइएको विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलले जानकारी दिए । उनका अनुसार गरीब तथा जेहन्दार विद्याथीलाई २१ हजार रुपैयाँ बराबरको पोसाक वितरण गरिएको हो ।

पोसाक धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले वितरण गरे । साथै पोसाक वितरण कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

293783319_822555638649466_857977983262296544_n